Comments (0)

दिगो विकास लक्ष्य- स्थानीयकरण स्रोत पुस्तिका

शान्ति र समृद्धिका लागि सहकार्य गर्ने विश्व समुदायको अठोट बमोजिम संयुक्त राष्ट्र संघका सम्पूर्ण सदस्य राष्ट्रको सामूहिक प्रयास र प्रतिबद्धताका आधारमा सन् २०१५ मा घोषणा गरिएको कार्ययोजना दिगो विकास लक्ष्य हो । सदस्य राष्ट्रले यी लक्ष्यलाई आन्तरिकीकरण वा स्थानीयकरण गर्नु भनेको अन्तर्राष्ट्रिय स्तरमा सहमत भएका विकासका एजेन्डामा सरकारलाई जिम्मेवार बनाउनु हो । नेपालले यी लक्ष्यलाई आवधिक तथा वार्षिक योजनामा समाहित गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नेपालले मुलुकको आर्थिक, सामाजिक र पर्यावरणीय परिवेश अनुसार कार्यान्वयनमा ल्याउँदै चौधौं योजनादेखि नै यी लक्ष्यलाई आन्तरिकीकरण गरिरहेको छ । सो अनुसार आयवृद्धि, गुणस्तरीय मानव पुँजी निर्माण र आर्थिक जोखिमको न्यूनीकरण गर्दै वि.सं. २०७९ सम्ममा अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने र वि.सं. २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै उच्च मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने गरी दीर्घकालीन लक्ष्य लिइएको छ । सो बमोजिम समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल हुनेगरी संघ, प्रदेश र स्थानीय तहमा नीति, योजना तथा कार्यक्रम कार्यान्वयन गरिनेछ । नेपालको संविधानले तीनै तहका सरकारहरूको एकल तथा साझा अधिकार सूचीको व्यवस्था गरी सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित संघीय शासन व्यवस्थाको सिद्धान्त अवलम्बन गरेको छ । तसर्थ, सबै तहका सरकार कार्यजिम्मेवारी अनुसार दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशिल हुनु जरुरी छ । यसमा पनि स्थानीय तह नागरिकसँग दैनिक रुपमा साक्षात्कार हुने भएकोले स्थानीय आवश्यकता र प्राथमिकताको बढी जानकार हुन्छन् । यसका साथै सेवा प्रवाह र स्थानीय पूर्वाधार विकास लगायतका कार्यजिम्मेवारी स्थानीय तहको कार्यक्षेत्रमा पर्ने भएकोले दिगो विकास लक्ष्य हासिल गर्न यसको स्थानीयकरण गर्ने महत्वपूर्ण अभिभारा समेत स्थानीय तहमा रहन गएको छ । साथै, सरकारको एकल प्रयासले मात्र दिगो विकास लक्ष्य हासिल गर्न सम्भव छैन । यसका लागि निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज, समुदाय, विकास साझेदार लगायत विकासका सरोकारवाला बीचमा साझेदारी हुनु जरुरी छ । यस परिप्रेक्ष्यमा स्थानीय तहमा दिगो विकास लक्ष्यको आन्तरिकीकरण गर्न सहयोगी हुने उद्देश्य अनुरुप यो ‘दिगो विकास लक्ष्यः स्थानीयकरण स्रोत पुस्तिका’ तयार गरिएको हो ।
Author:
Language: Nepali
Pubished By: नेपाल सरकार राष्ट्रिय योजना आयोग
Pubished date: January 2021

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?