Comments (0)

मनसुन पुर्वतयारी कार्ययोजना–२०७३ दाङ

राप्ती र बबई यस जिल्ला भई बग्ने ठुला नदीको रुपमा परिचित छन । राप्ती नदि दाङ जिल्लाको दक्षिणी उपत्यका देउखुरीको पूर्वबाट पश्चिम भएर बगेको छ भने बबई दाङ उपत्यकाको दक्षिणमा रहि पूर्ववाट पश्चिमतर्फ बगेको छ । यी नदीहरु बाहेक यस जिल्ला भएर बग्ने खोलानालाहरुमा कटुवा खोला, सिस्ने खोला, सेवार खोला, हापुर खोला, पत्रे खोला, संग्राम खोला, ग्वार खोला, पातु खोला, अर्जुन खोला, गहते खोला, भमके खोला, बागर खोला, बहुला खोला, च्याटी खोला, ट्वाङ खोला आदि प्रमुख हुन । यिनै नदी तथा खोलामा आउने बाढीका कारण नदि तटिय क्षेत्रमा बसोवास गर्ने समुदायहरुले प्रत्येक बर्ष बाढीको जोखिमको सामाना गरीरहनुपरेको छ । वर्षातको समयमा खास गरी बाढी, पहिरो, चट्याङ्ग, सर्पदंश, झाडापखाला जस्ता प्रकोपहरु यस जिल्लामा पटक–पटक दोहोरीनेगरेको हुदाँ सोको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वय तथा प्रत्यक्ष सहभागितामा जिल्लामा कार्यरत संघ÷संस्था व्यक्ति तथा समुहहरु सहित बिपद्को समयमा प्रभावितहरुलाई सहयोग पु¥याउन उल्लेखनिय कार्य गर्दे आइरहेको छ । वर्षायाममा हुन सक्ने बाढी, पहिरो, सडक अबरोध तथा दुर्घटना, झाडापखाला जस्ता प्रकोपहरुलाई दृष्टिगत गरी प्रकोप अगाडीका अपनाइने सावधानीका उपायहरु, बिपद्को समयमा गरीने खोज तथा उद्धार कार्य, राहत कार्य तथा प्रभावितहरुको राहत संकलन साथै बिपद्पश्चात गर्न सकिने मानविय सहयोग (Humanitarian Assistance) एवं पुनःर्निमाण र पुर्नस्थापनाको क्षेत्रमा गर्न सकिने सल्लाह सुझाब, समन्वय र सहयोग सम्बन्धमा जिल्ला दैवी प्रकोप उद्धार समिति दाङको तर्फबाट पिडितहरुलाई गर्न सकिनेआधारभूत मद्दतका विषयहरुमा आधारीत रही यो वर्षायामका लागि “मनसुन पुर्बतयारी कार्य योजना २०७३” तयार गरीएको छ । यो योजना निर्माणमा जिल्ला बिपद्पुर्बतयारी तथा प्रतिकार्य योजना २०७३ लाई पनि श्रोतको रुपमा प्रयोग गरीएको छ भने नेपाल सरकार गृह मन्त्रालय बिपद्ब्यवस्थापन महाशाखाद्धारा जारी गरीएको “बाढीको लागी पूर्बतयारी योजना मार्गदर्शन(जिल्ला स्तरमा)२०६६” को आधारमा तयार गरीएको छ ।
Author:
Language: Nepali
Pubished By: जिल्ला दैबिप्रकोप उद्धार समिति दाङ
Pubished date: 2016

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?