Comments (0)

मनसुन पुर्वतयारी कार्ययोजना–२०७४ नुवाकोट

वर्षायाममा हुनसक्ने बाढी, पहिरो, सडक अबरोध तथा दुर्घटना, झाडापखाला जस्ता प्रकोपहरुलाई दृष्टिगत गरी प्रकोप अगाडी अपनाइने सावधानीका उपायहरु, बिपद्को समयमा गरीने खोज तथा उद्धार कार्य, राहत कार्य तथा प्रभावितहरुको राहत संकलन साथै बिपद् पश्चात गर्न सकिने मानविय सहयोग एवं पुनःर्निमाण र पुर्नस्थापनाको क्षेत्रमा गर्न सकिने सल्लाह सुझाब, समन्वय र सहयोग सम्बन्धमा जिल्ला दैवी प्रकोप उद्धार समिति नुवाकोट को तर्फबाट पिडितहरुलाई गर्न सकिने आधारभूत मद्दतका विषयहरुमा आधारीत रही यो वर्षायामका लागि “मनसुन पुर्बतयारी कार्य योजना २०७४” तयार गरीएको छ । यो योजना निर्माणमा जिल्ला बिपद् पुर्बतयारी तथा प्रतिकार्य योजना २०७३ लाई पनि श्रोतको रुपमा प्रयोग गरीएको छ भने नेपाल सरकार गृह मन्त्रालय बिपद् ब्यवस्थापन महाशाखाद्धारा जारी गरीएको “बाढीको लागी पूर्बतयारी योजना मार्गदर्शन (जिल्ला स्तरमा) २०६६” को आधारमा तयार गरीएको छ ।आगामी दिनमा हुन सक्ने बाढी, पहिरो, नदीको कटान, हावाहुरी, चट्याङ्ग, महामारी, भुकम्प जस्ता विपदबाट गाउँ, वस्ती, वालीनाली, स्वास्थ्यमा पु¥याउन सक्ने जोखिमको विश्लेषण गर्दै त्यस प्रति सजग रहन, राहत तथा उद्धार कार्यका लागि जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य निकायहरुको अधिकतम रुपमा परिचालन गरी राहत तथा उद्धार कार्य छिटो छरितो र विश्वसनीय वनाउनु यस कार्य योजनाको उद्देश्य रहेको छ ।
Author:
Language: Nepali
Pubished By: जिल्ला दैबिप्रकोप उद्धार समिति नुवाकोट
Pubished date: 2017

Post a comment

Your email address will not be published. Required fields are marked *


Comments

Do you have any question?